एस क्यू सी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न

भरतपुर, चितवन । एस क्यू सी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न भएको छ। क्वेष्ट नेपालकी अध्यक्ष एवं ग्यालेक्सी पब्लिक स्कूलकी प्राचार्य सुरिना गुरुंगको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा भएको थियो। क्वेष्ट नेपालका केन्द्रिय सदस्य एवं स्मल हेभन मोडल स्कूलका प्राचार्य बिमल कुमार क्षेत्री, भरतपुर महानगर प्याब्सन अध्यक्ष लेखनाथ खनाल, विद्यार्थी गुणीय चक्र (एस क्यू सी) का अभियन्ता एवं भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनालको विशिष्ट आतिथ्यता रहेको थियो।

एस क्यू सी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठले सन्चालन गरेको उक्त कार्यक्रममा अर्किड स्कूलका शिक्षकहरु राधा लुंगेली, दीपा भट्टराई, हरि सापकोटा, मुक्तिराम सापकोटा र मिलन पनेरु तथा नारायणी इंगलिस पब्लिक स्कूलका शिक्षकहरु नविन बगाले, अर्जुन पौडेल लगायतको टिमले कार्यक्रमको सहजीकरण गरेका थिए।

२१ वटा विद्यालयबाट २४० जना विद्यार्थीहरुको सहभागिता रहेको यस अधिवेसनमा ‘केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, एड मेकिंग, कोलाज आर्ट, स्पेलिंग बी, स्टोरी फर्मेसन’ मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।
अर्किड स्कूल, वाल्मिकी शिक्षा सदन र ब्लु-बर्ड स्कूलले समूहगत ‘केस स्टडी प्रेजेन्टेसन’ दिएका थिए भने सहभागी सम्पूर्ण विद्यालयले प्यानल डिस्कसन, कोलाज आर्ट, स्पेलिंग बी, स्टोरी फर्मेसन, एड मेकिंगमा अब्बल प्रस्तुति पदर्शन गरेका थिए।

मिश्रित समूहगत रुपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरु पुरस्कृत भएका थिए। अर्किड स्कूल र नारायणी इंगलिस पब्लिक स्कूलका विद्यार्थीहरुको छुट्टाछुट्टै सांस्कृतिक समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए। नारायणी इंगलिस पब्लिक स्कूलका राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले स्वयंसेवाको उदाहरण प्रस्तुत गरेका थिए।

एस क्यू सी अर्थात् विद्यार्थी गुणीय चक्र अन्तर्गत हरेक विद्यालयमा कक्षा ६-१० का विद्यार्थीहरुमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरुको पहिचान, कारण र निदान खोजिन्छ।
यसवर्षको ‘एस क्यू सी अन्तर्राष्ट्रिय अधिवेशन २०२२’ काठमाण्डौ अवस्थित सेन्ट जेभियर्स स्कूल, गोदावरीमा आगामी असोज १४-१६ गते आयोजना हुँदैछ।

https://ujyaalonepalnews.com/archives/24129

Previous articleसमाजबादीका चितवन जिल्ला सदस्य घिमिरे एमालेमा फर्किए
Next article१४ वर्षिया किशोरीको अन्तिम पत्र: ‘ममी मैले गल्ती गरेँ, मलाई माफ गरिदिनू’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।