प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन

विराटनगर, २३ माघ । एक नम्बर प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गर्दै पहिचानवादी समूहले सरकार र प्रदेश सभामा ज्ञापन बुझाएका छन् ।

बिभिन्न २२ वटा पहिचानवादी संगठनहरुको समुहले बिहीबार प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्न माग गर्दै मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन बुझाए ।

ज्ञापनपत्र बुझाउने पहिचानवादी समूहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका निकट लिम्बुवान राष्ट्रिय मोर्चा, किराँत राष्ट्रिय मुक्ती मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टीसहित, बिभिन्न जातीय संस्थाहरु छन् ।

उनीहरुले पहिचानलाई बेवास्ता गरेर भुगोलका आधारमा प्रदेशको नामाकरण गरेर जनबिद्रोह हुने चेतावनी दिए ।

पहिचानका आधारमा प्रदेशको नामाकरण गराउन पहिचानवादी समुह निर्माण गरेर संयुक्त रुपमा संघर्ष थालेका छन् ।

The post प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन appeared first on Koshi Online.

एकै रात आधा दर्जन घरमा चोरी

Previous articleप्रदेश संसदको हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले भने – ‘अब नामाकरण टुंगो लगाउनुपर्छ ’
Next articleवर्षा र हिमपात हुने पूर्वानुमान, कहाँ–कहाँ छ सम्भावना ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।