प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन

विराटनगर, २३ माघ । एक नम्बर प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गर्दै पहिचानवादी समूहले सरकार र प्रदेश सभामा ज्ञापन बुझाएका छन् ।

बिभिन्न २२ वटा पहिचानवादी संगठनहरुको समुहले बिहीबार प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्न माग गर्दै मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन बुझाए ।

ज्ञापनपत्र बुझाउने पहिचानवादी समूहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका निकट लिम्बुवान राष्ट्रिय मोर्चा, किराँत राष्ट्रिय मुक्ती मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टीसहित, बिभिन्न जातीय संस्थाहरु छन् ।

उनीहरुले पहिचानलाई बेवास्ता गरेर भुगोलका आधारमा प्रदेशको नामाकरण गरेर जनबिद्रोह हुने चेतावनी दिए ।

पहिचानका आधारमा प्रदेशको नामाकरण गराउन पहिचानवादी समुह निर्माण गरेर संयुक्त रुपमा संघर्ष थालेका छन् ।

The post प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन appeared first on Koshi Online.

एकै रात आधा दर्जन घरमा चोरी

Previous articleहलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन
Next articleअब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।