Home Uncategorized सन्दीप लामिछानेविरुद्ध प्रमाण जुटायो प्रहरीले, पक्राउ गर्न सबै जिल्लामा पत्राचार

सन्दीप लामिछानेविरुद्ध प्रमाण जुटायो प्रहरीले, पक्राउ गर्न सबै जिल्लामा पत्राचार

१७ वर्षकी किशोरीलाई जब’र्जस्ती गरेको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले सबै जिल्लामा पक्राउ आदेश पठाएको छ । नेपाली क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएका लामिछानेले सामाजिक सन्जाल ट्विटरमा आफूमाथि लागेको आरोप मिथ्या भएको भन्दै आफूले कानुनी उपचारबाट न्याय पाउने उल्लेख गरेका थिए । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले लामिछानेलाई फरार सूचीमा राखेको छ ।

क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेले त्यहाँको प्रतियोगिता सक्नुअगावै आफू केही दिनमा नै नेपाल फर्किन लागेको सामाजिक सन्जालमा लेखेका थिए । प्रहरीले जारी गरेको पक्राउ आदेशमा ुस्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५ फुट सात इन्च उचाइ, गहुँगोरो पातलो वर्णको सन्दीप लामिछानेविरुद्ध जव’र्जस्ती क’रणीको जाहेरी दर्ता भएर अदालतबाट पक्राउ आदेश जारी भएकाले जहाँ भेट्यो नियन्त्रणमा लिएर पठाउनु भनिएको छ ।

आफू नेपाल फर्किने बताए पनि सन्दीपले कहिले फर्किने भन्ने विषयमा सामाजिक सन्जालमा केही लेखेका छैनन् । उनले आफू केही दिनमा फर्किएर आरोपको सामना गर्ने बताएका छन् । यता, प्रहरीले सबै जिल्लामा पक्राउ आदेश पठाएको हो । प्रहरीले यो विषयमा अहिले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि प्रहरीले पीडित किशोरीले दिएको बयानको आधारमा भक्तपुरको रिसोर्टको सिसिटिभी फुटेज र सिनामंगलस्थित एक होटलको सिसिटिभी फुटेजबारे अध्ययन सकिसकेको छ ।

सिनामंगलको होटेलमा लामिछाने र पीडित युवतीले सात घन्टा समय बिताएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेकाले आरोपित लामिछाने आएपछि उनीसँग बयान लिने र घटनाको निष्कर्षमा पुग्ने प्रहरी तयारी छ ।

https://ujyaalonepalnews.com/archives/24302

Previous articleराप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश
Next articleयुएईमा रुम पार्टनरले छुरा हान्दा मेखराजको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।