नेपाली बालिकाको डान्स सेयर गर्दै भारतिय नायिका रश्मिकाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु (भिडियो

0
53

काठमाडौं । ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।ती बा लिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ मन्दानाले भनेकी छन् । ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा : द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।

‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो फिल्मसँगै रश्मिका नेपाली दर्शकमाझ समेत चर्चित छिन् । फिल्म ‘एनिमल’मा उनले नेपाली अभिनेता विपिन कार्कीसँग काम गर्दैछिन् ।

को हुन् रस्मिका ? 

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना २६ वर्षकी भइन्। उनी सिने नगरीमा छोटो समयमै सबैको मनमा राज गर्न सफल भएकी अभिनेत्रीमध्येमा गनिन्छिन्। रश्मिकाले हालसम्म १४ वटा सिनेमामा अभिनय गरिसकेकी छन्। तर, शुरुवाती ४-५ सिनेमाबाटै भारतभर उनका दर्शकको संख्या उल्लेख्य थियो। भारत मात्र नभई विश्वभर रश्मिकाको क्युटनेस र सुन्दरताबाट सबैजना मन्त्रमुग्ध छन्। कर्नाटकमा रश्मिकालाई ‘नेसनल क्रस’को उपनामसमेत दिइएको छ। त्यसैगरी, एक्सप्रेसन क्विनको किताबमा पनि उनैले कब्जा जमाएकी छन्।

५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिकाले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन्। उनले सन् २०१६ मा कन्नड चलचित्र ‘किरिक पार्टी’बाट अभिनयको संसारमा पाइला टेकेकी थिइन्। करिब चार करोड रुपैयाँमा बनेको चलचित्रले ५० करोड कमाएसँगै वर्षकै नाफामुखी कन्नड सिनेमा बन्न सफल भएको थियो।

सात वर्षको सिनेमा करिअरमा रश्मिकाले १४ वटा चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये धेरै चलचित्र हिट भएका छन्। सन् २०२१ मा आएको सिनेमा ‘पुष्पा’मा रश्मिकाको अभिनयलाई अत्यधिक रुचाइएको थियो। ‘पुष्पा’पछि रश्मिकाले टलिउडसँगै बलिउडमा पनि आफ्नो स्थान बनाइसकेकी छन्। उनले ६ पटकसम्म उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छन्।

चलचित्र ‘पुष्पा’पछि रश्मिका झन् धेरै चर्चामा आएकी छन्। रश्मिकालाई चाँडै बलिउडमा देख्न सकिनेछ। उनी आगामी दिनमा ‘मिसन मजनू’, ‘गुड बोय’ सिनेमामा देखिनेछिन्। यससँगै बहुप्रतीक्षित सिनेमा ‘पुष्पा-२’मा पनि उनलाई हेर्न सकिनेछ।

 

https://www.ujyaalonepalnews.com/archives/24366

Previous articleचितवनमा मनिट्रान्सफर डाँका गरेर पैसा लुटेको आरोपमा एक जना पक्राउ
Next articleनेप्से २२ महिना यताकै न्यून बिन्दुमा