महिला लिग चैत ३ देखि, खेल्ने स्थान टुङ्गो लाग्न बाँकी

राष्ट्रिय महिला लिग फुटबल आगामी चैत पहिलो साता सुरु हुने भएको छ। लिग चैत ३ देखि १४ गतेसम्म हुने अखिल नेपाल फुटबल संघ महिला कमिटी अध्यक्ष पेमा लामाले जानकारी दिएकी हुन्।

यसअघि फागुन अन्तिम साताबाट सुरु गर्ने भनिए पनि प्राविधिक कारण चैतको पहिलो साता सुरु गर्न लागिएको हो।

प्रतियोगिता चैत पहिलो साताबाट गर्ने भनिए पनि स्थानको भने टुंगो नलागेको एन्फा प्रवक्ता किरण राईले बताए।

उनले भने, ‘विराटनगर, धरान र उदयपुर कहाँ गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।’

महिला लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी नगरपालिकासहित चन्द्रपुर, वालिङ, विराटनगर, चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्। महिला लिग राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ।

पहिला क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्दै आएको लिगमा अहिले नगरपालिकाका टोलीलाई समावेश गरिएको हो। ६ महिना गर्ने भनेको लिग ३ चरणमा हुनेछ। विभागीय टोलीले ४२ खेल खेल्दा अन्य टोलीले ९१ वटा खेल खेल्नेछन्।

विजेता टोलीले १५ लाख रुपैयाँ, उपविजेताले आठ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ।

साउदी बाट नेपाल जान अनलाइनबाट फारम भरेका नेपालीहरुलाई नेपाली राजदूतावासको सूचना ।

Previous articleइटहरीमा ५० शय्याको सैनिक अस्पताल सञ्चालनमा
Next articleमिश्रविरुद्ध बास्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।