हवाइ टिकट रद्द गरेर कहाँ हराए सन्दीप लामिछाने ?

काठमाडौं,भदौ, ३० । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको ब ला त्का रको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको सात दिन बितिसकेको छ। तर विहिबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ।

शुक्रबार उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो। उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।

आफूमाथि लागेको सबै आरोपहरूको सामना गर्न तयार छु भनेका उनी अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। उनलाई वेस्टइन्डिज बाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी अझै फर्किएका छैनन्।

उजुरी परेको १ हप्तासम्म पनि सन्दिप प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले बताए । सन्दीप पछिल्लो समय क्यानसँग पनि सम्पर्कमा आएका छैनन्। उनको परिवारले सन्दीप बुधबारसम्म नेपाल आइसक्ने बताएका थिए।

https://ujyaalonepalnews.com/archives/24373

Previous articleपहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
Next articleचुनावको मुखमा प्रचण्डलाई चितवनमा धक्का; चुनावी कमान्डरहरु नै एमाले प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।