चुनावको मुखमा प्रचण्डलाई चितवनमा धक्का; चुनावी कमान्डरहरु नै एमाले प्रवेश

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का लाग्ने गरी सो पार्टीका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/24375

Previous articleहवाइ टिकट रद्द गरेर कहाँ हराए सन्दीप लामिछाने ?
Next articleपुलमा स्कुटर र मोबाईल छाडेर नारायणी नदीमा हामफालेका युवक वेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।