मिटरव्याजी विरुद्धको ७ मुद्दा चितवन प्रहरीमा, अन्य पाँचवटा मुद्दा छलफलमा

चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ ।

दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मुद्दा छलफलमा छन् ।

ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।” जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेको छ । रासस

https://ujyaalonepalnews.com/archives/24392

Previous articleहिजो नारायणीमा हामफाल्ने व्यक्ति कालिका जुटपानीका अनुप पोखरेल भएको पुष्टि
Next articleचितवनको मुग्लिन पुलबाट हाम फालेर २७ वर्षीय युवा वेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।