चितवनको मुग्लिन पुलबाट हाम फालेर २७ वर्षीय युवा वेपत्ता

चितवन । चितवनको मुग्लिन पुलबाट हाम फालेर एक युवा वेपत्ता भएका छन् । आज (शुक्रबार) साँझ ५ः३० बजेको समयमा एक युवाले हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरिमुडी ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । हिजो मात्र चितवन कालिका जुटपानीका अनुप पोखरेल नारायणी पुल बाट हामफालेका थिए ।

हिजो नारायणीमा हामफाल्ने व्यक्ति कालिका जुटपानीका अनुप पोखरेल भएको पुष्टि

चितवन । नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए । पोख्रेलको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको उनले बताए ।

https://ujyaalonepalnews.com/archives/24394

Previous articleमिटरव्याजी विरुद्धको ७ मुद्दा चितवन प्रहरीमा, अन्य पाँचवटा मुद्दा छलफलमा
Next articleबालेन्द्र र रेनुले साढे ७ लाख, हर्कले साढे ५ लाख जरिवाना तिर्नुपर्ने, नतिरे पद जाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।