इटहरी/ यतिबेला नेपालसंगै विश्वभर प्रदर्शन भैरहेको नेपाली कथानक फिल्म ‘प्रेमगीत ३’ चर्चा सहित व्यापार समेत व्यापक बन्दै गैरहेको छ । तर, सकारात्मक प्रतिक्रिया फिल्मले पाइरहदा भारतबाट भने हिन्दी भर्सनको ‘प्रेमगीत ३’ लिक भएको छ । एक अनलाइनले एपको सहायतामा पूरा फिल्म डाउनलोड गर्ने अप्सन सहित फिल्म पाइरेसी भएको हो ।
भारतिय फिल्मको हकमा यसरी लिक हुनु पछिल्लोसमय सामान्य नै जस्तो बन्दै गैरहेको छ । तर, प्रेमगीत ३ को हिन्दी भर्सनको हकमा भने यो निकै दुखद पक्ष हो । एउटा ईतिहास रच्ने फिल्ममाथि यस्तो लापरबाहीले नेपाली सिनेमा उधोगलाई नै असर गर्छ भन्दा फरक नपर्ला । नेपालमा विविध कारण देखाउदै ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा प्रदर्शन गरिएको छैन ।

निर्माण युनिटका अनुसार हिन्दी भर्सनको प्रेमगीत ३ यहि सोमबारबाट नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । धेरै नेपालिहरुले हिन्दी भर्सनलाई नेपाली सिनेमा हलमा पर्खिरहेको अवस्थामा यसरी हिन्दी भर्सन लिक भएपछी ब्यापारमा असर पर्ने देखिन्छ । हिन्दी भर्सन नेपाल प्रदर्शनको दिन नजिकिदै गर्दा यस्तो दुखद कुराले निर्माण युनिटको टाउको दुखाइ भएको छ । पूर्वेली न्युज बाट

प्रेम गीत ३ ले पहिलो दिनमै कमायो ७ करोड ७५ लाख बढी
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ।
शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ। यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।
यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो। यी सबै भारतीय रुपैयाँमा हुन्। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ।
फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।
https://ujyaalonepalnews.com/archives/24452


