चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर १ को वडा कार्यालय अगाडी गेटबाट स्कुटर चोरी गर्ने व्यक्ती पक्राउ परेकाछन् । हिजो दिउसो १२ वजे रातो रंगको स्कुटर चोरी गरी फरार भएका थिए ।
ना ५२ प ३०८९ नम्वरको स्कुटर सहित व्यक्ती पक्राउ परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तीका विषयमा अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ । पक्राउ परेका व्यक्तीको विवरण थप अनुसन्धान पछि मात्र बताउने प्रहरी जानकारी दिएको छ । स्कुटर चोरी गर्दाको समयको सिसि टिभी फुटेज भाइरल भएको थियो ।

यो पनि पढ्नुहोस्: पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता

चितवन, असोज ११– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर आज दिउँसो १२ः३० बजे धादिङ महाबिरबेशी घर भई हाल हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
देवघाट प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/24479


