जबरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर : झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो।

ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए।

उक्त निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

https://ujyaalonepalnews.com/archives/24520

Previous articleपोखरीमा हामफालेर २७ बाँदर मरे
Next articleनारायणगढ-मुग्लिन सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।