नारायणगढ-मुग्लिन सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान

भरतपुर,असोज १७- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खस्दा एक दम्पती सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट झापातर्फ जाँदै गरेको बा १० च ४५५४ नम्बरको कार सोमबार बिहान आफैँ अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा कार चालक झापा दमक नगरपालिका ३ बस्ने ५२ वर्षीय लीला भट्टराई र कारमा सवार उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल सामान्य घाइते भएका हुन् ।

दुर्घटनापश्चात उनिहरुले बचाउनका लागि स्थानियलाई हार गुहार गरेका थिए । पौडी खेल्न जानेका लीला भट्टराई बाहिर निस्कने प्रयास गरिरहेका थिए । सोही क्रममा स्थानियहरु नदीमा पुगेर दम्पतीको उद्धार गरे ।

कार भने त्रिशूली नदीमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/24527

Previous articleजबरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने महिला पक्राउ
Next articleदशैंमा मासु खाँदा अड्किएर चितवनमा १ जनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।