राजेन्द्र आचार्य, चितवन : दशैसगैँ पर्यटकहरुको चहलपहल हुने सौराहामा यस बर्ष लगातार बर्षा पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् । बर्षाले पर्यटक आगमनमा शुन्यता छाएसगैँ यहाँका व्यवसायीहरुमा चिन्ता बढेको हो । मुलुकको तेश्रो पर्यटकीय क्षेत्र चितवन सौराहा यतिवेला बर्षाका कारण पर्यटकहरु नआउदा सौरेली व्यवसायी थप मारमा परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

दुई बर्षसम्म कोभिडको मारमा थियौँ, रेवान सौराहाका पूर्व अध्यक्ष गोर्कण गिरीले भने, अब त दशैँ अयो पर्यटकहरु आउछन् भनेर कुरेर बसेको त, लगातार बर्षाले शुन्यता छायो। यसअघि यहाँका व्यवसायीहरुले भुकम्प,नाकावन्दी, नारायाणगढ–मुग्लिन सडकका कारण सुस्ताउदा मारमा परेका थिए ।
बर्षासगैँ राप्ती र बुढी राप्ती नदीमा आएको बाढीले गर्दा डुबानसगौ पर्यटकहरुले गरेको बुकिङ्ग समेत रद्द भएको क्षेत्रिय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
यतिवेला सुस्ताएको पर्यटनमा नयाँ आयम थपिनेमा आशावादी थियौँ व्यवसायी राममणि खनालले भने अब त उटिबास हुने हो कि भन्ने चिन्ता बढ्यो ।

दशैसगैँ यहाँ पर्यटन व्यवसायको समेत सुरुवातमै फेरि सौराहामा अर्को बज्रपात थपियो बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्गले भने, हामीले त सोचेका पनि थिइनौँ, यस्तो पनि हुन्छ भनेर ।’ जसका कारण यतिवेला व्यवसायीहरुमा नैराश्यता छाएको छ । व्यवसायीहरुको चटारो बढेको छ । विदाका कारण परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा उनले पर्यटक अब नआउने भएका छन् ।

निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गर्थो व्यवसायी गोविन्दप्रसाद अधिकारीले भने हेर्नु न अहिले बर्षासगैँ आएको बाढीले जीप सफारी गएका पर्यटकहरु नै अलपत्र परे ।’
यहाँ विपद्मा तत्कालै उद्दार गर्ने संयन्त्र नहुदाँ थप समस्यामा परेको उनले बताए ।
निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुङ्गगीले पर्यटकको मन लोभाउने गर्दछ ।

पर्यटक नआउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू शुन्य देखिएका छन् । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौलीका होटलहरूमा पर्यटकको संख्या कमी देखिएको छ । सौराहामा ७० वटा रेष्टुरेन्ट र १२० वटा साना ठुला होटलहरु रहेका छन् । सौराहा क्षेत्रमा मात्रै पर्यटन क्षेत्रमा ७ अर्ब बढी लगानी भएको क्षेत्रिय होटल संघको तथ्याकं छ ।
https://ujyaalonepalnews.com/archives/24549


