चितवन १ मा पाण्डे प्रदेश तर्फ थपलिया र शैलेश

चितवन, असोज २२– नेकपा (एमाले)ले चितवन क्षेत्र नं १ मा निर्वाचन लड्न सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ । लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पाण्डेले टिकट हात पारेका हुन् । चितवन–१ मा जेएन थपिलायाले दाबी गर्दै आएका थिए ।

थपलियाले चुनावको प्रचारप्रसार समेत सुरु गरिसकेका थिए । एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उनले निर्वाचन क्षेत्र नं १ (क)को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ (ख)को टिकट पाएका छन् ।

त्यस्तै एमालेले क्षेत्र नं.२ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभामा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले नै टिकट पाएका छन् प्रदेशतर्फ (क)मा कृष्ण सिलवाल र (ख)मा देवी ज्ञवालीले टिकट पाएका छन् ।

यस्तै एमालेले क्षेत्र नं.३ को पनि टुंगो लगाउन बाँकी राखेको छ । यस क्षेत्रमा राप्रपासंग तालमेल गर्ने भएकाले एमालले टिकट टुङग्याउन सकेको छैन । एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल सिफारिसमा परेका थिए । तर तालमेलको प्रयासले उनको टिकट खोसिने संभावना पनि बढेको छ ।

स्रोत भन्छ–‘राप्रपासंग आज निर्णायक टुंगो लाग्दैछ, चितवन ३ राप्रपालाई दिएर विक्रम पाण्डे उठ्ने संभावना बलियो छ, राप्रपाले नपाए रामप्रसाद न्यौपाने नै फाइनल उम्मेदवार हो ।’ एमालेले यस क्षेत्रको प्रदेशसभातर्फको (क) मा कृष्ण भुर्तेल र (ख) सरस्वती विष्टलाई टिकट दिएको छ ।

 

https://ujyaalonepalnews.com/archives/24573

Previous articleबारामा भएको बस दुर्घटनामा चितवनका ३ जनाको मृत्यु (नाम सहित )
Next articleरत्ननगरमा पूर्व वडाध्यक्ष घरको कम्पाउण्ड भित्र पुरुष मृत फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।