रत्ननगरमा पूर्व वडाध्यक्ष घरको कम्पाउण्ड भित्र पुरुष मृत फेला

0
70

चितवन, असोज २२ । रत्ननगर ९ का पूर्व वडाध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्ड भित्र एक पुरुषको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ९ गणेश चोकमा पुरुषको मृत्यु भएको हो ।

गैंडाकोट घर भएका ३५ वर्षीय शंकर श्रेष्ठको आज बिहान करिब ३ बजेर ४० मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । घरको छतबाट लडेर मृत्यु भएको हुन सक्ने चितवन प्रहरीले जनाएको छ ।

कसैको घरमा कोडा खेलिरहेको अवस्थामा प्रहरी गस्तिमा गएको सूचना पाएपछि तितर वितर भई छतबाट खसेको हुनसक्ने प्रहरीका प्रवक्ता पण्डितले बताए । वडा अध्यक्षको घरको कम्पाउण्डभित्र श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको उनले बताए ।

यो पनि पढ्नुहोस् : ट्वाईलेटमा लडेर एमाले नेताको मृत्यु

काठमाडौं, असोज २२– नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।

https://www.ujyaalonepalnews.com/archives/24576

Previous articleचितवनमा दुर्घटना: मोटरसाइकल पल्टेर लडेका व्यक्तिलाई ट्रकले किच्यो
Next articleघनश्याम भुसालले त्यागे एमाले