घनश्याम भुसालले त्यागे एमाले

0
67

काठमाडौँ — एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु‚’ फेसबुकमा उनले लेखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेका हुन् ।

‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ‚’ उनले लेखेका छन् ।

 

 

https://www.ujyaalonepalnews.com/archives/24580

Previous articleरत्ननगरमा पूर्व वडाध्यक्ष घरको कम्पाउण्ड भित्र पुरुष मृत फेला
Next articleरत्ननगरमा तीन वडामा एमालेको सम्पर्क कार्यालय उद्घाटन