पञ्चायत ढल्यो राजतन्त्र ढल्यो अब विकासको लहर ल्याएर गरिबी ढाल्छौँ – पाण्डे

राप्ती, कात्तिक २ । चितवन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले विरोध गर्न सजिलो हुने बताएका छन् । आज एक कार्यक्रमको अवसरमा बोल्दै एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले विरोध गर्ने तरिकाले मात्र देश नबन्ने बताएका छन् ।

विरोध गर्नलाई कुनै तथ्य आवश्यक नभएको र भन्दिएर हिडेँ मात्र हुने उनले बताए । गरेर देखाउन विश्वासयोग्य कुरा हुनुपर्ने उनको भनाई छ । विपक्षी पार्टीहरुले विरोध मात्र गर्ने तर काम नगर्ने उनले दाबी गरे । उनीहरुसँग काम कसरी गर्ने भन्नेबारे जवाफ धरि नभएको उनले बताए । “तपाईं तिनीहरुलाई के काम गर्नुहुन्छ भन्दा के उत्तर आउला ? कसरी गर्नुहुन्छ भन्दा कसरी उत्तर आउँछ होला ?” उनले भने “त्यसको कुनै उत्तर छैन । त्यसैले विरोध गर्ने तरिकाले मात्र देश बन्दैन ।”

विरोधको एउटा अध्याय पार गरिसकेको उनले बताए । पञ्चायत, राजतन्त्र सबै ढालेको अब ढाल्न बाँकी गरिबी रहेको उनले बताएका छन् । “अब ढाल्ने गरिबी हो । गरिबी नारा लाएर ढल्दैन, जाम गरेर ढल्दैन । गरिबी ढाल्न त जनताको आम्दानी बढाउनुपर्छ ।”

यस्तै आफू गत निर्वाचनमा होमिदाँ पानीको समस्याबारे गुनासो आएको र अहिले त्यसको समाधान भैसकेको उनले बताए । गाग्री बोकेर टाढा टाढा पानी लिन जानुपर्ने बाध्यताबाट छुट्कारा पाइएको उनको भनाइ छ । यो लगायत अन्य क्षेत्रमा पनि विकास निर्माणका कार्यहरुको भएको उनले बताएका छन् ।

यो क्षेत्र विकासको केन्द्रबिन्दु बनेको उनले बताए । बाटोघाटोहरु लगभग पिच भैसकेको तर साइड बाटोहरु भएन भन्ने गुनासो आएको उनले बताए । अब छिट्टै यी बाटोहरु पनि पिच गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/24674

Previous articleचितवनलाई अन्नको भण्डार बनाउन सामुहिक खेतीः थपलिया
Next articleरत्ननगरमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।