चितवन- गायक राजु परियारलाई पितृ शोक परेको छ। उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका थिए । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो ।
३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पिडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो । स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल उनको गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २० पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन ।

कंडेलसहित इन्द्रेणी कार्यक्रमका प्राविधिक प्रमुख दिपक घिमिरे परियारको निवासमा पुगी घरपरिवार प्रति शोकको समयमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै बुवा प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चर्चित लोकगायक राजु लमजुङको परिवार बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका छन् । केही वर्षदेखि फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।
काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवन स्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो । मंगलसिंहका श्रीमती, ६ छोरा र २ छोरी छन् । सपरिवार हिन्दु संस्कार, विधि, पद्धति र परम्परा अनुरुप आफ्नो निवासमा काजक्रिया गरिरहेका छन् ।
राजु परियारका बुबाआमा संग केहि समय अगाडी गरिएको रमाईलो कुराकानी हेर्न यँहा क्लिक गर्नुहोला
https://ujyaalonepalnews.com/archives/24683


