मेरो उम्मेदवारी निस्क्रिय भएको छैन : स्वतन्त्र उम्मेदवार राममणी न्यौपाने

रत्ननगर । चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” का स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय नभएको बताएका छन् । शुक्रवार एक विज्ञप्ती जारी गरी न्यौपानेले आफ्नो उम्मेदवारी निश्क्रिय हुँदैछ भन्ने भ्रामक प्रचार गरिएको भन्दै त्यसको खेद प्रकट गरेका छन् ।

म समग्र चितवनको विकासको लागि चुनावी मैदानमा आएको हुँ उनले विज्ञप्तीमा भनेका छन् मेरो उम्मेदवारी यथाबत रहेको छ । मंसिर चार गते हुने निर्वाचनमा पानीको धारा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/24689

Previous articleखैरहनीमा एमालेको घरदैलो सुरु,जनताको समस्या बुझ्दै भोट माग्दै
Next articleढोकाको प्वालबाट क्यामेरा छिराई लजमा आउने जोडीको अश्लिल भिडियो बनाउने व्यक्ति पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।