ढोकाको प्वालबाट क्यामेरा छिराई लजमा आउने जोडीको अश्लिल भिडियो बनाउने व्यक्ति पक्राउ

काठमाण्डु – प्रहरीले कोठाभित्रका गोप्य भिडियो बनाउने काठमाण्डुको एक लजका म्यानेजरलाई पक्राउ गरेको छ । प्रहरी वृत महाराजगञ्जको टोलीले बाँसबारीस्थित ‘बाँसवारी रेष्ट्रो क्याफे एन्ड लज’ मा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो ।

उनी होटलका म्यानेजर हुन् । प्रहरी टोलीले लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका दर्जनौं अस्लिल रेकर्डेड भिडियो फेला पारेको थियो ।

मालिले लजको कोठा तथा बाथरुमको ढोकामा सानो सानो प्वाल बनाएर मोबाइल र अन्य डिभाइसबाट भित्रको अन्तरङ्ग भिडियो र अश्लील दृश्यहरु रेकर्ड गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनले कुन उद्देश्यले भिडियो रेकर्ड गरेका हुन् हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/24696

Previous articleमेरो उम्मेदवारी निस्क्रिय भएको छैन : स्वतन्त्र उम्मेदवार राममणी न्यौपाने
Next articleअल्छी बन्दै चितवनका कृषक,धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।