बस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

0
177

राेल्पा – रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ ।

घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ । तुल्सीपुर–१८ बस्ने ४५ वर्षका कलिराम परियार र उहाँकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ । चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार गरेर फरार रहेका एक जना १० वर्षपछि पक्राउ

 

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् । वि.स. २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरि फरार रहेका थिए ।

थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो । जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनुभयो ।

शितगंगा नगरपालिकाको वडा नं. ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हाे ।

https://www.ujyaalonepalnews.com/archives/24785

Previous articleकांग्रेसको घोषणा पत्र- कोखदेखि शोकसम्म [पूर्ण पाठ]
Next articleतपाईहरुको जिताउने काम, हाम्रो विकास गर्ने काम’- नेता थपलिया