खुकुरी प्रहारबाट चितवनमा एकजनाको ह’त्या

चितवन – खुकुरी प्रहारबाट चितवनकाे माडीमा एकजनाको ह’त्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी ह’त्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चो’ट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो। नेपालीको ह’त्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

नगदसहित १८ जुवाडे पक्राउ

मकवानपुर, कात्तिक १२– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । कौडामा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो । कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

https://ujyaalonepalnews.com/archives/24789

Previous articleबस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर
Next articleनारायणी नदी किनारमा छठ पूजाको रौनक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।