तपाईहरुको जिताउने काम, हाम्रो विकास गर्ने काम’- नेता थपलिया

0
63

राप्ती, कात्तिक १६ । नेकपा एमाले तर्फका चितवन क्षेत्र नम्बर १ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार जेएन थपलियाले विकास गर्ने जिम्मा आफूहरुलाई दिन अनुरोध गरेका छन् । बुधबार कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा केन्द्रीय सदस्य समेत रहेका थपलियाले अमूल्य मत आफूहरुलाई दिई सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरेका छन् ।

देश निर्माण गर्ने पार्टी एमाले मात्र रहेको उनको दाबी छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफूलाई निर्वाचित गराइ सुन्दर नगरी बनाउने जिम्मा दिन उनले मतदाताहरुमा अनुरोध गरेका छन् । यस क्षेत्रमा नदी कटान समस्या रहेको भन्दै तटबन्धको सम्पूर्ण काम आफूहरुले नै गर्ने उनले बताए ।

अधुरो मार्गहरुको निर्माण कार्य अगाडि बढाउनुको साथै लोथर-थाकलटार मार्गलाई जोड्ने काम गर्ने उनले बताए । “तपाईहरुको जिताउने काम, हाम्रो विकास गर्ने काम ।” उनले भने “आवश्यकताको प्राथमिकीकरण गरेर विकास कार्यलाई अगाडि हामी बढाउनेछौँ ।”

लोथर बजारमा केही समस्याहरु भएकोले ती सबै समस्याको समाधान आफूले जिति सकेपछि गर्ने उनको भनाइ छ । आफू सधै जनताको प्रतिनिधि भएर जनताको माझमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/24848

Previous articleतिहारमा चितवनका दीपकले बेचे ७ लाख रुपैयाँको सयपत्री
Next articleचुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि चितवन आउने