अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)

मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन्। महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको छ।

मुख्यमन्त्री राउतले मैथली भाषामा भनेका छन् ‘तपाईहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ। हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं। छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र यति वारियर (लडाकु) बनाउनु छ मेरो पिरियड (कार्यकाल)मा, की छोरीले अब छोराको मुखमा एसीड खन्याउँछन्। यस्तो मेरो सोँच छ।’

 

आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिएको भन्दै अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस अघि पनि मुख्यमन्त्री राउतले एउटा अन्तरवार्तामा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो।

एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

Previous articleनेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)
Next articleगैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।