सहमतिपछि सत्ता गठबन्धन कार्यालयमा लागेकाे ताला खुल्याे

रत्ननगर । नेपाली कांग्रेस प्रदेश ख को कार्यालयमा लागेको ताला खुलेको छ । युवा परिचालन कमिटीको संयोजकमा भएको बिवादलाई लिएर तरुण दलका युवा नेताहरुले लगाएकाे ताला सहमतिपछि खुलेकाे हाे ।

प्रदेश स्तरीय युवा परिचालन समितिकाे संयाेजकमा सुरजजंग बस्नेतलाई यथाबत गरि आयुषचन्द्र श्रेष्ठलाई क्षेत्रीय युवा परिचालन अनुगमन समितिको संयोजकमा मनाेनित गर्ने सहमति भएपछि ताला खुलेकाे जनाईएकाे छ ।

चितवन क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक गणेश मल्ल, क्षेत्र नं १ निर्वाचन परिचालन मुल समितिका संयोजक शेषनाथ अधिकारी, प्रदेश क्षेत्र नं २ का सभापति गोबिन्द गौतम, रत्ननगर नगर कार्यवाहक सभापति कमलनाथ अधिकारी लगायतको रोहवरमा ताला खोलिएको प्रदेश सभा ख समितिका प्रवक्ता शिवकान्त न्यौपानेले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/24859

Previous articleरत्ननगरमा रहेको गठबन्धनको कार्यालयमा तालाबन्दी
Next article‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशाेरी पक्षले पेस गर्न सकेन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।