रत्ननगरमा रहेको गठबन्धनको कार्यालयमा तालाबन्दी

रत्ननगर । चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन ।

नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोक स्थित कार्यालयमा पुगेर ताला लगाएको बुझिएको छ । गठन्बधनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको छ ।

निर्वाचन गतिविधिलाई सशक्त बनाउन नसकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन ।

https://ujyaalonepalnews.com/archives/24854

Previous articleह’त्या र पशुक’रणीको आरोप लागेका विवेकलाई साउदी सरकारले दियो मृत्यु’दण्ड
Next articleसहमतिपछि सत्ता गठबन्धन कार्यालयमा लागेकाे ताला खुल्याे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।