प्रचण्ड चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ।

बिहान सुर्खेतका लागि उडेको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण सल्यानको खलंगामा आकस्मिक अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लका अनुसार मौसममा सुधार आएसँगै प्रचण्ड पुन: सुर्खेत उडेका छन्।

उनले भने, ‘सुर्खेतमा मौसम प्रतिकूल भएकाले अध्यक्ष कमरेड प्रचण्ड केही समय सल्यान खलंगामा अवतरण भएर पुन: सुर्खेतको लागि प्रस्थान गर्नु भएको छ।’

प्रचण्ड कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत गएका हुन्।

https://ujyaalonepalnews.com/archives/24898

Previous articleदेउवालाई सुई लगाउने भएपछी अतालियो सरकार; सागरलाई प्रचारप्रसारमा समेत रोक
Next articleसुरेन्द्र पाण्डेको संकल्प : बृद्धभत्ता पाँच हजार, खानेपानी निःशुल्क
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।