देउवालाई सुई लगाउने भएपछी अतालियो सरकार; सागरलाई प्रचारप्रसारमा समेत रोक

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।

उनले लेखेका छन्, “मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ ।

शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।

सागरले फेसबुकमा यस्तो लेखेका छन् !

मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।

https://ujyaalonepalnews.com/archives/24892

Previous articleनेकपा एमाले काठमाडौं महानगर कमिटी १५ वडाका सह-इन्चार्ज सानू रत्न फुबरे द्वारा पार्टी परित्याग ।
Next articleप्रचण्ड चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।