सच्चा किसान संमक्ष अनुदान पुर्‍याउनुपर्छ : शैलेस

चितवन, कात्तिक २२ । चितवन क्षेत्र नं. १ प्रदेश सभा (ख) का उम्मेदवार प्रकास खनाल (शैलेस) ले प्रत्यक किसानको पहुचमा अनुदान पुर्‍याउनु पर्ने बताएकाछन् । राज्यले दिएको कृषिका अनुदान सच्चा किसानहरु संमक्ष पुग्न नसकेको उनले बताए । राज्य कृषकको पहुचमा हुन आवश्यक रहेको जोड दिए ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १२ सिसहनीमा एमालेको कोणसभालाई सम्बोधन गर्दै शैलेसले यस्तो बताएका हुन् । नेपालमा शैक्षिक बेरोजगारहरुको मुल समस्या रहेको बताउँदै बेरोजगार युवा युवतीहरुलाई उद्यमशिल बनाएर एमालेले रोजगारीको वातावरण सृजना प्रदान गर्ने उनको भनाई छ ।

नेकपा एमालेले चितवन क्षेत्र नं १ मा चुनावी घरदैलोलाई तीब्रता दिएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे सहित प्रदेश सभा (ख) का उम्मेदवार प्रकास खनाल (शैलेस) ले घरदैलो मार्फत भोट मागेका हुन ।

यहाँका वडा कमिटीहरुले पनि घरदैलो गरी भोट मागेका छन् । उम्मेदवारहरु विहान बेलुका घरदैलो तथा दिउसो समाजका अगुवाहरुसंग भेटघाट गरिरहेका छन् । प्रदेश सभा (ख) अन्र्तगत मंगलवार खैरहनी वडा नं. १२ सिसहनी, कुमरोजमा घरदैलो गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/24904

Previous articleसुरेन्द्र पाण्डेको संकल्प : बृद्धभत्ता पाँच हजार, खानेपानी निःशुल्क
Next articleसुख दुखमा सधैं जनताको साथमा रहेँ,कहिल्यै टाढा बनिनः देवी ज्ञवाली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।