चितवनमा १०५ वर्षिय वृद्धले गरे मतदान

४ मङ्सिर, चितवन। चितवनको रत्ननगर नगरपालिका-१६ स्थित मतदान केन्द्रमा १०५ वर्षीय वृद्धले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् ।

रत्ननगर-१६ मा रहेको भद्रकाली माविको मतदान केन्द्रबाट स्थानीय १०५ वर्षीय वद्ध तारानाथ नेपालले मतदान गरेका हुन । उनी रत्ननगर नगरपालिकाकै ज्येष्ठ मतदाता रेहको वडाध्यक्ष हेमराज थापाले बताए ।

 

वि.सं. १९७४ सालमा जन्मिएका तारानाथले पंचायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक नेपाल सम्म आईपुग्दा कयौं निर्वाचनमा भाग लिएको बताए। देश विकास गर्न अनुभवले खारिएका र सहि नियत भएकालाई भोट हाल्नुपर्ने उनको सुझाव छ ।

https://ujyaalonepalnews.com/archives/24999

Previous articleकृष्णपुर मावि मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने सर्वदलिय निर्णय
Next articleचितवनमा निर्वाचन बुथमा आगजनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।