चितवनमा निर्वाचन बुथमा आगजनी

उज्यालो नेपाल, मंसिर ४- चितवनको राप्तीमा निर्वाचन बुथमा आगजनी भएको छ। राप्ती नगरपालिका वडा नं. ८ मा रहेको ब्रम्हास्थानी आधारभूत विद्यालय मतदान केन्द्रमा आगजनी भएको हो ।

नचिनेका मान्छेहरूको समूहले बुथमा आगजनी गरेको र आगजानीले सामान्य क्षति भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए।

अहिले घटनास्थल सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र मतदान पुनः सुचारु गरेको उनले बताए।

https://ujyaalonepalnews.com/archives/25005

Previous articleचितवनमा १०५ वर्षिय वृद्धले गरे मतदान
Next articleकानूनको ठाडो उल्लंघन गर्दै प्रचण्ड पत्नी सीताको मत छोरीले खसालिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।