रत्ननगरको कुन वडामा कति मत खस्यो ? हेर्नुहोस् तालिका

Click Image

उज्यालो नेपाल, मङ्सिर ४- आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशासभा सदस्य निर्वाचनमा रत्ननगर नगरपालिकामा झन्डै ७० प्रतिशत मतदान भएको छ । कुल ५४,३७१ मतदाता रहेको यस नगरपालिकामा ३७,७७८ मतदान भएको हो । कुल ३३५४ मतदाता रहेको रत्ननगरको वडा नं. १ मा २२२३ मतदान भएको छ ।

त्यस्तै २८६३ मतदाता रहेको वडा नं. मा १८५४ मत खसेको छ । ३३१२ मतदाता रहेको वडा नं. ३ मा २४३६ मतदान भएको छ । यसैगरि २५६४ मतदाता रहेको वडा नं. ४ मा १७६८ मतदान भएको छ भने ३०६९ मतदाता रहेको वडा नं. ५ मा २२४७ मतदान भएको छ ।

कुल २६०२ मतदाता रहेको रत्ननगरको वडा नं. ६ मा १८७४ मतदान भएको छ । २८०२ मतदाता रहेको वडा नं. ७ मा कुल २०५८ मत खसेको छ भने २८१६ मतदाता रहेको वडा नं. ८ मा २१२७ मतदान भएको छ । यस्तै ३७३१ मतदाता रहेको वडा नं. ९ मा २६५० मतदान भएको छ ।

यसैगरी ४१९३ मतदाता रहेको वडा नं. १० मा २८४० मतदान भएको छ । ३०८४ मतदाता रहेको वडा नं. ११ मा २१४१ मतदान भएको छ भने ४३१८ मतदाता रहेको वडा नं. १२ मा २९१५ मत खसेको छ । त्यस्तै रत्ननगरकै सबैभन्दा बढी मतदाता रहको वडा नं. १३ मा ३०६६ मत खसेको छ त्यँहा कुल ४६२३ मतदाता रहेका छन् ।

त्यस्तै ३५७७ मतदाता रहेको वडा नं. १४ मा २४७९ मतदान भएको छ भने ४३४३ मतदाता रहेको वडा नं. १५ मा २९६० मत खसेको छ । यसैगरी ३१२० मतदाता रहेको वडा नं. १६ मा २१४० मतदान भएको छ ।

कुन वडामा कति मत खस्यो ? तालिका हेर्नुहोस् 

https://ujyaalonepalnews.com/archives/25011

Previous articleकानूनको ठाडो उल्लंघन गर्दै प्रचण्ड पत्नी सीताको मत छोरीले खसालिन्
Next articleप्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।