प्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै

0
68

काठमाडौँ — बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ । गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

सोही मतदानस्थलमा मतपेटिका लुट्न खोजिएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको थियो । मतपेटिका खोस्न आएको समूहलाई रोक्न खोज्दा भीडले ढुंगा हानेपछि घाइते भएका प्रहरी सहायक हवल्दार कृष्णबहादुर कुँवरको साथमा रहेको लोड गरिएको राइफल लुटिएको प्रहरीले बताएको छ । हतियार लुट्नेहरुको खोजी भइरहेको प्रवक्ता कार्कीले बताए

यस घटनामा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनैजनालाई अहिले नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको थियो ।

 

https://www.ujyaalonepalnews.com/?p=25013

Previous articleपाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे T-20 विश्व कपकाे उपाधि
Next articleनिर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको सुखद सुरुवात