समानुपातिक मतगणनाः २५ लाख मत कटाउँदै एमालेको अग्रता कायमै, रास्वपालाई पछ्याउंदै माओवादी

0
111

काठमाडौं- समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ मत प्राप्त गरेको छ ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।-

https://www.ujyaalonepalnews.com/archives/25110

Previous articleअवैध बाटो हुदै पोर्चुगल छिर्न खोज्ने नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु
Next articleसाउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )