Home Uncategorized चितवनका यि ५ उम्मेदवार जसले १० मत पनि कटाउन सकेनन्

चितवनका यि ५ उम्मेदवार जसले १० मत पनि कटाउन सकेनन्

निराजन घिमिरे, मङ्सिर १५- गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अझै जारी छ । देशका केहि निर्वाचन क्षेत्रहरुमा मतगणना जारी रहेता पनि चितवनको भने पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । सार्वजनिक नतिजा अनुसार चितवनको तिन वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् भने एउटा निर्वाचन क्षेत्रमा राप्रपाका नेता विक्रम पाण्डे निर्वाचित भएका छन् ।

चितवनमा प्रतिनिधिसभा तर्फको तिन क्षेत्रमा यो पटक ५५ जना उम्मेदवार चुनावी मैदानमा थिए । ति ५५ जना मध्ये २८ जना स्वतन्त्र उम्मेदवार थिए भने बाँकी विभिन्न राजनैतिक दलबाट उम्मेदवार बनेका थिए । यि ५५ जना उम्मेदवार मध्य ५ जना उम्मेदवारले भने १० भोट पनि प्राप्त गर्न सकेनन् । यि ५ जना मध्ये पनि दूइ जनाले त जम्मा १/१ भोट मात्र प्राप्त गरे । चितवन क्षेत्र नम्बर १ बाट डोजर चुनावचिन्ह लिएर उम्मेदवार बनेका  तिलक मणी पाठक र क्षेत्र नम्बर ३ बाट टि-टेबल चुनावचिन्ह लिएर उम्मेदवार बनेका भिम्सीन बस्नेतले एक/एक मत मात्र पाए । उनीहरूलाई आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन ।

त्यस्तै चितवन क्षेत्र नं. २ बाट पुतली चुनाव चिन्ह लिएर उठेका खेमराज भट्टराईले ४ मत पाएका छन् भने चितवन क्षेत्र नं. ३ बाट हारमोनियम चुनाव चिन्ह लिएर मैदान उत्रेका हरि तामांगले ५ मत  र सोही निर्वाचन क्षेत्रबाट नरिवल चुनाव चिन्ह लिएर मैदान उत्रेकी सुमित्रा राई गिरीले पनि जम्मा ९ मत पाईन् । यि उम्मेदवारहरुलाई आफ्नै परिवार र साथीभाई ईष्टमित्रले  समेत नपत्याएको देखिन्छ । १० मत पनि कटाउन नसक्ने यी पाँचैजना स्वतन्त्र उम्मेदवार हुन् ।

चितवनमा गत स्थानिय निर्वाचनमा पनि ७ पालिकामा पालिका प्रमुखमा उम्मेदवारी दिएका ६७ जना मध्ये १० जनाले १० मत कटाउन सकेका थिएनन् भने उपप्रमुखमा उम्मेदवारी दिएका ४० जना मध्ये ३ जनाले १० मत प्राप्त गर्न सकेका थिएनन् । यि ३ जना मध्ये पनि माडी नगरपालिकामा उपमेयर पदमा उम्मेदवार बनेका टिका सुवेदीले १ मत पनि प्राप्त गरेनन् । अर्थात उनि आफैले आफुलाई मत नहालेको देखिन्छ ।

यस्तै वडाध्यक्षमा उम्मेदवारी दिएका ४४५ जना मध्य ५३ जनाले १० मत नकटाएको देखिन्छ भने यि ५३ जना मध्ये पनि १९ जनाले शुन्य मत प्राप्त गरेका थिए । यि १९ जनाले पनि आफुले आफैलाई मत नदिएको देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/25122

Previous articleआज २०७९ साल मङ्सिर १५ गते विहिबार, आजको तपाईको दिन कस्तो छ? (राशिफल)
Next articleबेवारिसे अवस्थामा दई जनाकाे शव फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।