Home Uncategorized बेवारिसे अवस्थामा दई जनाकाे शव फेला

बेवारिसे अवस्थामा दई जनाकाे शव फेला

पाल्पा – पाल्पामा दई जनाकाे बेवारिसे अवस्थामा शव फेला परेको छ । बगनासकाली र रिब्दीकोट गाउँपालिकामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका वडा नं–३ पाखण्डीमा बेवारिसे शव फेला परेको छ । उक्त शब पुरुष व्यक्तिको भएकाे र सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयाे । उक्त शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, रिब्दीकोट गाउँपालिका–१ सातमुरेस्थित रिडीखोलामा बेवारिसे शव फेला परेको छ । खोलाको बिच भागमा पानीमा डुवेको अवस्थामा स्थानीय ४९ वर्षीया तिलाकुमारी कुमालकाे शब फेला परेकाे प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्: डोटीको पूर्वीचौकी गाउँपालिका वडाध्यक्ष जोशीको निधन 

डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

 

https://ujyaalonepalnews.com/archives/25123

Previous articleचितवनका यि ५ उम्मेदवार जसले १० मत पनि कटाउन सकेनन्
Next articleनवनिर्वाचित सांसद ढकाल र थपलियालाई उद्योग वाणिज्य संघ रत्ननगरको स्वागत तथा सम्मान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।