पिठुवामा जीवन जीउने कला सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगरको पिठुवामा समाजमा विद्यमान विकृति, विसंगती अन्त्यको लागि जीवन जीउने कला सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

ब्रहमकुमारी राजयोग सेवा केन्द्र रत्ननगरको सहयोगमा रत्ननगर नगरपालिका वडा नं १६ ले आयोजना गरेको कार्यक्रममा जीवनलाई सहज बनाउन स्वयम आफैले अपनाउनु पर्ने उपायका बारेमा प्रशिक्षण दिइएको थियो ।

तीन दिन सो कार्यक्रममा खुसी रहन चाहिने ज्ञान,आध्यात्मिक ज्ञान,दुख र कष्टलाई अनुभव गर्ने शक्ति,समाजका विकृति र विसंगतिहरुबाट आफुलाई जोगाउने आत्मबल लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले, ब्रहमकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी प्रमुख शर्मिला आचार्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले वडामा आत्महत्या, चोरीडकैती, दुर्व्यसनी र छाडापन बढ्दै गएपछि त्यसको अन्त्यको लागि आध्यात्मिक कार्यक्रम आयोजना गरिएको बताए ।

मान्छेको दिमाखमा सकारात्मक सोच आउने गरी प्रशिक्षण दिन आवश्यक भइसकेको भन्दै उनले यसो गर्न सकियो भने मात्र समाजमा हुने विकृतिको विस्तारै अन्त्य हुँदै जाने बताए ।

पूर्वाधार निर्माण गर्नुमात्र विकास होइन उनले भने मान्छेको सोच परिर्वतन गरेर सभ्य समाज बनाउनु पनि विकास हो । कार्यक्रममा करिब ५०० जनालाई प्रशिक्षण दिइएको रत्ननगर मेलमिलाप केन्द्रका कोषाध्यक्ष रामचन्द्र दुवाडीले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/25137

Previous articleरत्ननगरको श्री गायत्री हरिहर मन्दिरमा ज्ञान महायज्ञ हुँदै
Next articleबागमतीमा सवारी लाइसेन्सको नयाँ परीक्षा मापदण्ड लागु, ट्रायलमा ७० अंक ल्याए पास हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।