Home Uncategorized रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए।

‘उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको मात्रै हो। अहिलेसम्म केही त्यस्तो (प्रगति) भएको छैन,’ बोहराले भने। विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ। लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो।

रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनाव समेत लडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन।

त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो। प्रशासनबाट छानबिन गर्न भन्दै पत्राचार भएपछि प्रहरीले छानबिन अघि बढाएको हो।

लामिछाने मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

https://ujyaalonepalnews.com/archives/25144

Previous articleबागमतीमा सवारी लाइसेन्सको नयाँ परीक्षा मापदण्ड लागु, ट्रायलमा ७० अंक ल्याए पास हुने
Next articleरवि लामिछानेको नागरिकता बारे प्रश्न उठाउँदै समाचार आएपछि उकेरा अनलाईनमा साईबर हमला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।