नवनिर्वाचित सांसद ढकालको सक्रियता; विद्युत् विस्तार गर्न घिसिङको ध्यानाकर्षण

0
45

चितवन । चितवनको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि ढकाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । ढकालले घिसिङलाई भेट गर्दै अहिलेसम्म बिजुली पुग्न नसकेको राप्ती–१३ मा विद्युत् विस्तार गर्न ध्यानाकर्षण गराएका छन् । ढकालले आफूलाई निर्वाचनमा एक मत पनि नआएको वडाबाट काम सुरू गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोहीअनुरुप राप्ती–१३ मा विद्युत् विस्तारका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग भेट गरेका हुन् । ‘कुनै ठाउँबाट भोट आएन भनेर त्यस ठाउँलाई उपेक्षा गर्नु हुँदैन’, सांसद् ढकालले भने, ‘आफ्नो निर्वाचन क्षेत्रका ४२ वटै वडालाई समानरूपमा हेर्छु, विकास गर्छु ।’

ढकालले राप्ती–१३ का नागरिकलाई बिजुलीसँगै अन्य सुविधाहरु पनि समयमै उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । ढकाल निर्वाचित भएपछि शपथ ग्रहणअघि जनतासमक्ष पुगेर समस्या र गुनासा सुन्ने काम गरेका थिए ।

त्यस्तै सांसद ढकालले पूर्वसेनापति रुक्मांगद कटुवालसँग पारिवारिक भेटघाट गरेका छन् , भेटमा ढकालका प्रमुख सल्लाहकार दीपक गाैतम सहभागी थिए । ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।

https://www.ujyaalonepalnews.com/archives/25240

Previous articleमाधव नेपालको ओरालो यात्रा : सबैभन्दा ठूलो पार्टीको प्रमुखदेखि ‘एक्ला सांसद’ सम्म
Next articleआज पनि रोनाल्डो पहिलो रोजाइमा परेनन्