आज पनि रोनाल्डो पहिलो रोजाइमा परेनन्

0
85

उज्यालो नेपाल-  कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पनि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रानाल्डोले सुरुवातमा मौका नपाउने भएका छन्। प्रशिक्षक फर्नान्डो सान्तोषले यसअघि अन्तिम १६ को खेलमै उतारेको टोलीलाई रोजाइमा राखेका हुन्। स्विट्जरल्याण्डविरुद्धको टोलीमा एक मात्रै परिवर्तन गरिएको छ। तर अग्र पंक्तिमा आज पनि फेलिक्स, रामोस र ब्रुनोले निरन्तरता पाएका छन्। सेन्टर मिडफिल्डमा कार्भाल्होको स्थानमा ओटाभिओले मौका पाएका छन्।

डिफेन्डर र गोलरक्षक पनि नकआउटकै निरन्तरता छ। यसअघि अन्तिम १६ को खेलमा रोनाल्डोले ७३ औं मिनेटमा फेलिक्सको स्थानमा मौका पाएका थिए। तर उनले गोल भने गर्न सकेनन्। त्यही खेलमा उनलाई बेन्चमा राख्दा मौका पाएका रामोसले भने ह्याट्रिक गरेका थिए। स्विट्जरल्याण्डविरुद्ध रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगलले ६–१ को जित हात पारेको थियो। जारी विश्वकपमा दोस्रो फराकिलो जित हो।

अर्जेन्टिनासँग हारेपछि नेदरल्याण्ड्सका प्रशिक्षकले दिए राजीनामा

कतार विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएसँगै नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन्। शुक्रबार भएको खेलमा इन्ज्युरी समयको अन्तिम मिनेटमा डच टोलीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। रोमाञ्चक खेलमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भयो। अन्तिम ८ बाटै बाहिरिएपछि नेदल्याण्ड्सका मुख्य प्रशिक्षकले राजिनामा दिएका हुन्।

७१ वर्षीय भान गालले भने – ‘म अब निरन्तरता दिन चाहान्न, म यो समयको लागि मात्र थिएँ र यो नै मेरो अन्तिम खेल थियो।’ भान गालले थपे, ‘मेरो प्रशिक्षणमा डच टोलीले २० खेल खेल्यो। यो नै पहिलो हार थियो। मलाई थाहा छैन, कति खेल जितँ तपाइहरुले गुगल गर्न सक्नुहुन्छ।’ भान गालको नेतृत्वमा नेदरल्याण्ड्सले २० खेलमा १४ जित र ६ खेलमा बराबरीको गरेको थियो।

https://www.ujyaalonepalnews.com/archives/25278

Previous articleखैरहनीमा पौष २९ गतेदेखी खिचरा महोत्सवको आयोजना
Next articleमानसिक बिरामी किशोरी माथि ३ जनाले गरे पटकपटक बलात्कार; गर्भवती भएपछि खुल्यो वास्तविकता