पोर्चुगललाई हराएर ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनलमा

उज्यालो नेपाल-  पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।

त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश भएको छ । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको संकेत !

काठमाडौं । ब्राजिल फिफा विश्वकपबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा नेयमारले सजिएको टोलीलाई आउटको बाटो देखायो । यो हारपछि ब्राजिलमा शोक र त्रास फैलिएको छ । हारसँगै ब्राजिलका प्रशिक्षक टिटेले तत्कालै राजीनामा दिएका छन् तर ब्राजिलमा यो कोलाहल कोचका कारण मात्र नभएर नेयमारका कारण पनि भएको हो ।

नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन लागेको कुरा विश्वका कुनाकुनामा हुन थालेको छ र नेयमारको सन्यासको चर्चा हुनुको कारण पनि उनको भनाइ हो । क्रोएसियासँगको हारपछि नेयमार नराम्ररी विचलित भएका छन् । उनी मैदानमै रुन थाले । टोलीका साथीहरूले उनलाई मैदानमा ह्यान्डल गरे। यसपछि नेयमार आफैंले आफ्नो भविष्यबारे बयान दिएका छन् । उनले ब्राजिलबाट फेरि खेल्ने आफ्नो प्रतिबद्धता अस्वीकार गरेका छन्।

ईएसपीएनसँग कुरा गर्दै ३० वर्षीय नेयमारले इमानदारीपूर्वक भन्नुपर्दा मलाई भविष्यबारे केही थाहा छैन भने । उनले भने ‘मलाई लाग्छ यो क्षणको कारण बोल्नु ठीक होइन। सायद म सीधा सोचिरहेको छैन। यो अन्त्य हो भन्नु आफैमा धेरै चाँडो हो, तर म केहि ग्यारेन्टी गर्दिन। अब के हुन्छ हेरौं।’ सन् २०२६ को विश्वकपमा उनी ३४ वर्षका हुने भएकाले यो विश्वकपलाई उनको अन्तिम विश्वकप पनि मानिएको छ । यस्तो अवस्थामा यो उनको अन्तिम विश्वकप साबित हुन सक्ने बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/25281

Previous articleआज पनि रोनाल्डो पहिलो रोजाइमा परेनन्
Next articleसमानुपातिक तर्फ नेपाली कांग्रेसले छानेको ३२ सांसदमा को को परे ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।