साउदी अरेबियामा अत्याधिक वर्षा, विद्यालयहरु बन्द गरियो

साउदी- साउदी अरेबियामा अत्याधिक वर्षा भएपछि विद्यालयहरु बन्द गरिएको छ। साउदीको मौसम विभागले आउने केही दिनमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षासँगै बाढीको जस्तो अवस्था आउन सक्ने चेतावनी दिइएको छ। अहिले पनि साउदीको कतिपय शहरहरु जलमग्न भएका छन्। मक्काको जेद्दा, रबीघ, तैफ, जामुम, अल कामिल, खुलैस लगायतका क्षेत्रमा धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ। विद्यालयहरु बन्द गरिए पनि अनलाइन कक्षा भने संचालन हुने जनाइएको छ।

साउदीमा थप ३९ नेपालीले पाए एक्जिट भिसा

उज्यालो नेपाल- साउदीमा रहेका ३९ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ । आइतवार ३९ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् । स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, तिन महिना भन्दा बढी समय देखि अकमा नवीकरण नभएका, हुरूब लागेका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने छन् ।

दुतावासको अनुसार एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिसा लागेका व्यक्तिहरुलाई मोवाइलमा म्यासेज आउने र म्यासेज नआएको भए दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानु दुताबासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु नपर्ने दुतावासको भनाई छ । यसैगरी इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न नमिल्ने र कामदार माथि कुनै केस छ भने वा फाइन/जरिवाना छ भने पनि- केस वा फाइन/जरिवाना क्लियर नभएसम्म एक्जिट भिसा नलाग्ने दुतावासले जनाएको छ ।

दुतावास द्द्वारा जारी सुचनामा भनिएको छ, “राजदूतावासले आफैं एक्जिट भिसा दिने होइन । राजदूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । तसर्थ, राजदूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी हुंदैन ।”

दुतावास अगाडी लेख्छ, “जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाको लागि राजदूतावासमा आउनु भन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्नुहोला । रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुहोला । रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिनुहोला ।

दुतावासले एक्जिट भिसा प्रोसेसिङका लागि राजदूतावासका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५८ २८१ ७१८८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

https://ujyaalonepalnews.com/archives/25318

Previous article८९ रुपैयाँमा किनेको पेट्रोल १८१ मा बेच्छ आयल निगम, अनि भन्छ घाटा भयो
Next articleपुरुषलाई नक्कली मायाप्रेम देखाई सम्बन्ध राखेर ब्ल्याकमेलिङ गर्ने महिलाहरु पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।