रक्सी खाएर कुट्न आउने लोग्नेलाई श्रीमतीले घाँटी थिचेर मारिन्

अर्घाखाँची- छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्।

बलबहादुर र लक्ष्मी बिच मङ्सिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर मारेको बयान दिएकी छिन्। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दम्पतीले झगडा गर्नु अघि रक्सी सेवन गरेका थिए।

लक्ष्मीलाई पक्राउ गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिए।

https://ujyaalonepalnews.com/archives/25326

Previous articleपुरुषलाई नक्कली मायाप्रेम देखाई सम्बन्ध राखेर ब्ल्याकमेलिङ गर्ने महिलाहरु पक्राउ
Next articleदु:खद खबर: भिरबाट जिप खस्दा ११ जनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।