दु:खद खबर: भिरबाट जिप खस्दा ११ जनाको ज्यान गयो

काठमाडौँ — जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।

दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले  जानकारी दिए । दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।

वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको मेयर खड्काले बताए ।

जिप दुर्घटनामा ज्यान गुमाउनेहरू

मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख
वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख
अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख
वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट
जयकुडा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

https://ujyaalonepalnews.com/archives/25329

Previous articleरक्सी खाएर कुट्न आउने लोग्नेलाई श्रीमतीले घाँटी थिचेर मारिन्
Next articleचितवनमा विहेभोज खाएका २०० जना जन्ती बिरामी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।