रत्ननगरमा सरकारी बजेटबाट पहिलोपटक लोकसेवा परीक्षाको तयारी कक्षा संचालन हुँदै

उज्यालो नेपाल- शैक्षिक बेरोजगार न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गर्ने भएको छ । नगरपालिकाको वडा नं. १५ वडा कार्यालयले आफ्नो वडा भित्र रहेका सिमान्तकृत, पिछडिएका वर्ग लगायतको लागी नि:शुल्क तयारी कक्षा संचालन गर्न लागेको हो ।

स्थानीय युवाहरुमा रहेको बेरोजगारीको अन्त्य, निजामति सेवाप्रति आकर्षित तथा परीक्षाको तयारीमा टेवा पुगोस् भन्दै कक्षा सञ्चालन गर्न लागेको वडाध्यक्ष आशिक तामांगले जानकारी दिए । यो वर्ष निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि  कक्षा सञ्चालन गर्न लागेको तामांगले बताए ।

शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस कार्यक्रम मार्फत शैक्षिक बेरोजगारी हटेर जाने वडाध्यक्ष तामांगको दाबी छ । विहिवार एक सुचना प्रकाशित गर्दै कार्यालयले तयारी कक्षा लिन ईच्छुकहरुबाट आवेदन माग गरेको छ । रत्ननगरमा वडा नं १५  ले पहिलोपटक यस्तो कार्यक्रम संचालन गर्न लागेको हो।

https://ujyaalonepalnews.com/archives/25363

Previous articleडिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक (भिडियो)
Next articleचितवनमा दुई दिनमा दुईवटा गैँडा मृत फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।