पुजन लामिछाने, भरतपुर- रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले भरतपुर-१६ शरणपुरमा रहेको आधारभूत विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडाहरू वितरण गरेको हो ।


विहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई ट्र्याक-सुट, हाई-नेक, टोपी लगायतका न्यानो कपडा वितरण गरेको क्लबकी अध्यक्ष अपेक्षा श्रेष्ठले जानकारी दिइन । क्लबले विद्यालय र विद्यार्थीको अवस्था र आवश्यकता बुझेर सहयोग गरेको गरेको श्रेष्ठको भनाई छ । क्लबले गरेको सहयोग दुई लाख रुपैयाँ बराबरको रहेको क्लबका नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।

न्यानो कपडा वितरणको लागी क्लब सदस्यहरूसँग र अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको क्लबका पब्लिक इमेज चियर ध्रुव शर्माले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ भरतपुरका अध्यक्ष भोला जोशीले क्लबले कार्यले आफूहरू धेरै नै हर्षित भएको बताए । उनले सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जोशीले सरसफाईको विषयमा विद्यार्थी र अभिभावक सँग अन्तरक्रिया गरेका थिए । उनले सरसफाईको आवश्यकता र महत्वका बारेका जानकारी गराएका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष अपेक्षा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

https://ujyaalonepalnews.com/archives/25383


