५६ वर्षपछि विश्वकप फाइनलमाह्याट्रिक गर्ने खेलाडी बने एम्बाप्पे

दोहा: फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरेका छन्। कतारमा जारी विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्। यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए।

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

दोहा: अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २–२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो। पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो।

कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो। अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका थिए।

फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७औं मिनेटमा सुन्दर मौका पाएको थियो। तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो। पहिलो हाफमा बल सम्हालिन नसक्दा २–० ले पछाडि परेको फ्रान्सले दोस्रो हाफमा नाटकीय पुनरागमन गरेको थियो। कोलो मुआनीलाई अर्जेन्टाइन डिफेन्डर निकोलस ओटामेन्डीले फाउनल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै किलियान एम्बाप्पेले एक गोल फर्काएका थिए। त्यसको एक मिनेट नबित्दै एम्बाप्पेले पुनः गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

अतिरिक्त समयमा मेसीले एक गोल गर्दै अर्जेन्टिनालाई जित नजिक पुर्याएका थिए। तर फ्रान्सले पुन पेनाल्टी पाएपछि एम्बाप्पले फेरि बराबरीमा पुर्याएका थिए।  सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः विश्वकप जिताउन सफल भएका छन्।

https://ujyaalonepalnews.com/archives/25422

Previous articleफ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि
Next articleजब दिपकले आफ्नै घरमा आगो लगाए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।