चितवन । चितवनको भरतपुरमा रहेको अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथी यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। विद्यार्थीको प्रदर्शनले कलेजमा तनाव उत्पन्न भएको छ । कलेजमा कम्प्युटर विषय पढाउने झण्डै ५० वर्षका शिक्षकले पटक पटक संवेदनशील अंगमा छुने र यौन हिंसा गर्ने गरेको विद्यार्थीहरूको आरोप छ।
रोजगारीको खोजीमा हुनुहुन्छ? यँहा क्लिक गर्नुहोस्।
यौनदुव्र्यवहार गर्ने शिक्षकको बारेमा कलेज प्रशासनमा जानकारी गराउँदा पनि कलेजले कारबाही गर्नुको सट्टा शिक्षकलाई जोगाउने उद्देश्यले लुकाईराखे पछि आफूहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन्।

कलेजका कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेपछि कलेज परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्यार्थीहरुले कलेज परिसरमा रहेका पम्प्लेटहरु तोडफोड गर्नुका साथै तत्काल दोषिलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् ।
कलेज प्रशासनले भने गत शुक्रबारदेखि आरोपित शिक्षकलाई निलम्बन गरि सकिएको जनाएको छ ।कलेजका प्रार्चाय शेर बहादुर क्षेत्रीले ति शिक्षकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीको जिम्मा लगाइ सकिएको जानकारी दिए ।
https://ujyaalonepalnews.com/archives/25436


