विद्यार्थीहरुको प्रदर्शन र तोडफोड भएपछी अरोमा कलेज अनिश्चितकालीन बन्द

उज्यालो नेपाल- भरतपुरमा रहेको अरोमा कलेज अनिश्चितकालसम्मको लागी बन्द हुने भएको छ । कलेज प्रशासनले मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै पठनपाठन बन्द हुने जनाएको हो । कलेजमा उत्पन्न परिस्थितिका कारण पठनपाठन गर्ने गराउने वातावरण नभएका कारण कलेज बन्द गर्नुपरेको जनाईएको छ । शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएपछी मंगलबार कलेजमा तनाब उत्पन्न भएको थियो ।

कलेजको कम्प्युटर ल्याबमा कार्यरत शिक्षकले कम्प्युटर सिकाउने बहानामा पटकपटक छात्राहरुको सम्बेदनशिल अंगहरुमा छुने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । आरोपी शिक्षकबाट धेरै छात्राहरु पिडित बनेको पाइएको छ । ति शिक्षकले छात्राहरुलाई ‘ब्याड टच’ गर्ने र फेसबुक म्यासेन्जरमा समेत नराम्रो म्यासेज गर्ने गरेको प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बताएका छन् ।’

यौनदुव्र्यवहार गर्ने शिक्षकको बारेमा कलेज प्रशासनमा जानकारी गराउँदा पनि कलेजले कारबाही गर्नुको सट्टा शिक्षकलाई जोगाउने उद्देश्यले लुकाईराखे पछि आफूहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन्। उता विद्यालयले जारी गरेको विज्ञप्तीमा भने ‘ आरोपी शिक्षकलाई बचाउने कलेजको कुनै उद्देश्य नरहेको बताएको छ । तर विद्यार्थीहरुको उजुरी पछिपनि आरोपीलाई प्रहरीमा बुझाउन ढिलो गर्नु आफ्नो कमजोरी भएको कलेज स्वीकार गरेको छ ।

कलेजका कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेपछि कलेज परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विद्यार्थीहरुले कलेज परिसरमा रहेका स्कुलबस, पम्प्लेटहरु तोडफोड गर्नुका साथै कलेजको ब्यानर र आफूले लगाएको टाई बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/25441

Previous articleचितवनमा शिक्षकले छात्राहरुमाथि यौन दुर्व्य’वहार गरेको आरोप
Next articleशिक्षकले एउटै विद्यालयमा पाँच वर्षभन्दा बढी पढाउन नपाइने नीति ल्याइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।